Khaptad Organic Nepal

हेटौँडा । विगत लामो समयदेखि थप्प बनेको हेटौँडा कपडा उद्योगलाई फेरि नयाँ जीवन दिन सरकारले अर्थ मन्त्रालयसँग थप बजेट नमागी आफ्नै आन्तरिक स्रोत जुटाएर सञ्चालन गर्ने योजना बनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापनबाट लामो समयदेखि उठ्न बाँकी रहेको करिब आधा अर्ब रुपैयाँ भाडा बक्यौता असुल गरी सोही रकम कपडा उद्योगको स्तरोन्नति र निरन्तर उत्पादनमा प्रयोग गरिने जानकारी दिनुभयो ।

हेटौँडामा परीक्षणका रूपमा चलिरहेको उद्योगको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले अब यसलाई परीक्षणमै सीमित नराखी दीर्घकालीन रूपमा नियमित उत्पादनतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

हाल उद्योगमा १० वटा लुमबाट कपडा उत्पादन भइरहेको छ भने थप १० वटा मेसिन चाँडै सञ्चालनमा ल्याउने तयारी छ । नेपाली सेनाको प्राविधिक टोलीले बाँकी मेसिन तथा उपकरणको अवस्था जाँचेर सञ्चालनयोग्य बनाउने काम गरिरहेको छ ।

सरकारले उच्च प्राथमिकतामा राखेको यो परियोजनालाई सफल बनाउन नेपाली सेनाको निरन्तर सहयोग आवश्यक रहने भन्दै मन्त्री यादवले तोकिएको समयमै उद्योग सञ्चालनमा ल्याउन योगदान पुर्याएकोमा सेनालाई धन्यवाद दिनुभयो ।

नेपालको सबैभन्दा ठूलो यस टेक्सटाइल उद्योगका सबै मेसिन सञ्चालनमा आउन सके कपडा उत्पादनमा मुलुकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।