काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । दिउँसोको समयमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

