Khaptad Organic Nepal

काठमाडौँ । देशको राजधानीमै मोबाइल फोन र इन्टरनेटको पहुँच सुस्त भएपछि सरकारले दूरसञ्चार प्राधिकरणलाई अनुगमन तीव्र पार्न कडा निर्देशन दिएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्राधिकरणका अधिकारीहरूसँगको बैठकमा सेवाको गुणस्तर तत्काल सुधार्नुपर्ने बताएका हुन् । काठमाडौं उपत्यकाभित्रै सेवा प्रभावकारी हुन नसक्नु चिन्ताजनक रहेको उल्लेख गर्दै उनले नियमित अनुगमनको प्रतिवेदन मन्त्रालयमा बुझाउन भनेका छन् । तोकिएको मापदण्ड पालना नगर्ने तथा कमजोर सेवा दिने दूरसञ्चार प्रदायकहरूमाथि कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न मन्त्री तिमिल्सिनाले स्पष्ट निर्देशन दिएका छन् ।

यसैगरी, फोरजी सेवाको दायरा बढाउन र फाइभजी सेवा सञ्चालनका लागि स्पष्ट कार्ययोजना तय गरेर अघि बढ्न पनि उनले आग्रह गरेका छन् । छलफलका क्रममा प्राधिकरणका प्रतिनिधिहरूले भने पूर्वाधार तथा नेटवर्कमा पर्याप्त लगानी हुन नसक्दा गुणस्तरमा समस्या आएको बताएका थिए । साथै, अनुगमनका लागि आवश्यक गाडी र उपकरणको अभाव रहेको जानकारी पनि उनीहरूले गराए ।

प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले तोकिएको गुणस्तर नपुर्याउने कम्पनीहरूलाई नियमानुसार कारबाही र जरिवाना गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा दूरसञ्चार सेवाको अनुगमनलाई अझ चुस्त र प्रभावकारी बनाइने उनको भनाइ छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।