काठमाडौँ । तिब्बतमा शनिबार बिहान केही घण्टाको अन्तरमा तीन पटक भूकम्पका धक्का महसुस गरिएका छन् ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शनिबार राति १ बजेर ८ मिनेटमा ४.० म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनबाट १५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
यस्तै, राति २ बजेर ७ मिनेटमा ४.६ म्याग्निच्युडको दोस्रो र बिहान ५ बजेर ३८ मिनेटमा ४.५ म्याग्निच्युडको तेस्रो भूकम्प मापन गरिएको छ । ती दुवै भूकम्पको केन्द्रविन्दु जमिनमुनि १० किलोमिटर गहिराइमा परेको थियो ।
यसैबीच, चीनमा पनि शनिबार बिहान ४ बजेर ९ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । त्यसको केन्द्रविन्दु पनि १० किलोमिटर गहिराइमै रहेको बताइएको छ ।
यसैबीच, चीनमा पनि शनिबार बिहान ४ बजेर ९ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको केन्द्रविन्दु पनि १० किलोमिटर गहिराइमै रहेको बताइएको छ ।

