Khaptad Organic Nepal

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि नदेखिए पनि झिनो अङ्कले सुधार आएर २५९९.१५ को विन्दुमा पुगी कारोबार बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा ०.२६ अङ्कको यो सुधारले बजारमा स्थिरतातर्फको सङ्केत गरेको छ ।

कारोबार रकमका हिसाबले आज ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ बराबरको कारोबार भएको छ । उपसमूहतर्फ बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रोपावर क्षेत्रमा हरियाली छाए पनि बाँकी सबै समूहका सूचकमा भने गिरावट दर्ता भएको छ ।

आजको कारोबारमा सिन्धु विकास बैंकका शेयरधनीले सर्वाधिक १०.११ प्रतिशत नाफा कमाएका छन् भने कर्पोरेट विकास बैंकको शेयर मूल्य ९.३५ प्रतिशतले बढेको छ । अर्कातिर, सयपत्री हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ९.६६ प्रतिशतको क्षति व्यहोरेका छन् । एकल कम्पनीको कारोबारका आधारमा सिद्धार्थ बैंक ३० करोड ५३ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो भने अपि पावर २२ करोड ८१ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।