Khaptad Organic Nepal

काठमाडौँ । उत्तरी तिब्बतको नाग्छु क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । बिहीबार राति समुद्री सतहबाट करिब ४ हजार ८६४ मिटरको उचाइमा रहेको कम जनघनत्व भएको उच्च हिमाली जिल्लामा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

चिनियाँ भूकम्प सञ्जाल केन्द्रका अनुसार जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको धक्का तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढासम्म स्पष्ट रूपमा महसुस गरिएको थियो । भूकम्पपछि ३ देखि ४ म्याग्निच्युडका साना-ठूला परकम्पहरू समेत लगातार गइरहेका छन् ।

भूकम्पका कारण घरहरूमा चिरा परेका छन् भने कतिपय संरचनाहरूमा क्षति पुगेको छ । त्रासका कारण स्थानीय बासिन्दाहरू घर छाडेर खुला ठाउँ तथा सडकमा खडा गरिएका गाडीहरूमा रात बिताउन बाध्य भएका छन् । घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धारकर्मी तथा अग्नि नियन्त्रकहरूको टोली परिचालन गरी खोजी र उद्धार कार्य तीव्र पारिएको छ । सन् २०२४ जनवरीयता चीनमा गएको यो नै सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।