Khaptad Organic Nepal

काठमाडौँ । बाढीबाट प्रभावित नुवाकोट र रसुवाका बालबालिकालाई लक्षित गरी ५ हजार थान सौर्य बत्ती सहयोग उपलब्ध गराइएको छ ।

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले फक्सकन इन्डस्ट्रियल इन्टरनेटको साझेदारीमा दुवै जिल्लाका ५४ वटा विद्यालयमार्फत उक्त बत्तीहरू हस्तान्तरण गरेको हो ।

विपद्का कारण नियमित विद्युत् आपूर्ति नभएका र उज्यालोको अभाव झेलिरहेका परिवारका विद्यार्थीलाई साँझको समयमा अध्ययन गर्न सहज बनाउने उद्देश्यले यो कार्यक्रम चलाइएको हो ।

कुल वितरण गरिएका बत्तीमध्ये नुवाकोटमा २ हजार ९६ थान र रसुवामा २ हजार ९०४ थान पठाइएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिकामा १ हजार १०० तथा विदुर नगरपालिकामा ९९६ थान बत्ती बाँडिएको छ । यस्तै रसुवाको नौकुण्ड गाउँपालिकाका विद्यार्थीले १ हजार ५३४ र कालिका गाउँपालिकाका विद्यार्थीले १ हजार ३७० थान सौर्य बत्ती पाएका छन् ।

विद्यालयका प्रधानाध्यापक, शिक्षक र स्थानीय प्रतिनिधिहरूसँगको सहकार्यमा वितरण सम्पन्न गरिएको यस सहयोगले बालबालिकालाई गृहकार्य गर्न र परीक्षाको तयारीमा टेवा पुग्ने आशा लिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।