Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि १५औँ महाधिवेशन अन्तर्गतको मतदान प्रक्रिया बिहीबार बिहान १० बजेबाट सुरु हुने भएको छ ।

प्रतिकूल मौसम र प्राविधिक तयारीका कारण यसअघि बिहान ७ बजेका लागि तोकिएको समय केही घन्टा पछाडि सारिएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिहरूलाई सहज रूपमा भोट हाल्ने व्यवस्था मिलाउन काठमाडौँका तीन स्थानमा सातवटा मतदान केन्द्र स्थापना गरिएका छन् । बागमती प्रदेशका प्रतिनिधिहरूले राष्ट्रिय सभागृहबाट मतदान गर्नेछन् भने गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि प्रज्ञा भवनमा केन्द्र तोकिएको छ । यस्तै कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूले खुलामञ्चमा पुगेर मत खसाल्नुपर्नेछ ।

निर्वाचन समितिले परिचयपत्र र नामावली रुजु गरेपछि मात्रै मतदान कक्षमा प्रवेश दिने जनाएको छ । यस महाधिवेशनमा भाग लिन आएका कुल ७ हजार २५५ जना प्रतिनिधिले कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति चुन्ने छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।