काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका खुला तर्फका सदस्यहरू चयनका लागि भएको मतदानको मतपरिणाम गणना मंगलबार बिहान ८ बजेबाट थालिने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार गत असोज २३ गते साँझ ९ बजे सम्पन्न मतदानको प्रत्यक्ष (खुला) तर्फका केन्द्रीय सदस्यहरूको मतगणना असोज २७ गते बिहानदेखि ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा सञ्चालन गरिनेछ ।
यस प्रक्रियामा केन्द्रीय सदस्यका उम्मेदवारहरूले स्वयं उपस्थित हुनुपर्नेछ भने उनीहरूको तर्फबाट अन्य कुनै प्रतिनिधि राख्न पाइने छैन ।

