Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

दिउँसो खुलामञ्चमा आयोजना गरिने विशेष समारोहका बीच महाधिवेशनको उद्घाटन गर्ने कार्यतालिका छ । आगामी असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने २१ र २२ गते राष्ट्रिय सभागृह तथा प्रज्ञा भवनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार देशभरि र विदेशस्थित जनसम्पर्क समितिहरूबाट गरी ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू महाधिवेशनमा भाग लिन राजधानी आइपुगेका छन् । प्रतिनिधिहरूका लागि सानेपास्थित केन्द्रीय कार्यालयमा प्रदेशगत रूपमा नाम दर्ताको व्यवस्था मिलाइएको छ । प्रतिप्रतिनिधि ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ, जसबापत उनीहरूलाई विधान, कापी, कलम लगायतका सामग्रीसहितको झोला उपलब्ध गराइएको छ । महाधिवेशन प्रतिनिधिहरूलाई भृकुटीमण्डपमा भोजनको व्यवस्था गरिएको भए पनि बस्ने प्रबन्ध भने स्वयंले नै गर्नुपर्ने आवास व्यवस्थापन उपसमितिले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिए पनि उनी आफ्नै समूहको अलग्गै भेलातर्फ केन्द्रित भएका छन् । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थिति रहनेछ । यस्तै सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा समेत काठमाडौँ आइपुगेकी छन् ।

देशका विभिन्न भागमा हालै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण सिर्जित संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै यसपटक भड्किलो प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ । निर्वाचन समितिले भौतिक रूपमा फ्लेक्स, ब्यानर, पोस्टर वा पम्प्लेट टाँस्न नपाइने र उम्मेदवारहरूले केवल डिजिटल तथा सामाजिक सञ्जालमार्फत मात्र प्रचार गर्न पाउने आचारसंहिता लागू गरेको छ ।

यस महाधिवेशनमार्फत कांग्रेसले आफ्नो सांगठनिक ढाँचामा ठूलो हेरफेर गर्दै छ । हाल १६४ सदस्यीय रहेको केन्द्रीय कार्यसमितिलाई विस्तार गरेर २३८ सदस्यीय बनाउन लागिएको छ । पदाधिकारी संख्या १७ पुर्‍याइएको छ भने सभापतिलाई ६१ जना केन्द्रीय सदस्य र ३ सहमहामन्त्री मनोनयन गर्ने अधिकार दिइएको छ । साथै, ३५ वर्षमुनिका २१ जना युवालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन विशेष आरक्षणको व्यवस्था गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।