Khaptad Organic Nepal

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदी थुनिएपछि आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।

नदीको माथिल्लो भेगमा खसेको सुक्खा पहिरोले केही समय बहाव रोकेपछि एक्कासि फुटेर आएको बाढीले आसपासका बस्ती, होटल तथा विद्यालयहरू प्रभावित भएका छन् ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार नदीमा अझै पनि पानी थुनिने र खुल्ने क्रम जारी रहेकाले बाढीको जोखिम टरेको छैन । बाढीको तीव्र बहावले नदी किनारबाट करिब १५० देखि २०० मिटरसम्मका संरचनामा क्षति पुर्‍याएको छ । विशेषगरी जगत र सल्लेरी क्षेत्रका पर्यटकीय होटल, ट्रेकिङ एजेन्सीका पूर्वाधार र विद्यालय भवनहरू बाढीको चपेटामा परेका छन् ।

घटनामा हालसम्म कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन । नदीको बहाव अनिश्चित रहेकाले क्षतिको वास्तविक विवरण संकलन गर्ने काम भइरहेको छ ।

सम्भावित खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा गाउँपालिकाले बूढीगण्डकी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।