Khaptad Organic Nepal

काठमाडौँ । देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

सन्देशमा उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र सामाजिक क्षेत्र अन्योलको स्थितिमा गुज्रिरहेको टिप्पणी गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशभक्तिको भावना सुदृढ बनाउन सबै नेपालीलाई आह्वान गरेका छन् ।

हालैका बाढीपहिरा जस्ता प्राकृतिक विपत्तिबाट पुगेको जनधनको ठूलो क्षतिप्रति उनले दुःख व्यक्त गरेका छन् । विपद्पछिको पुनर्निर्माण र पीडितको पुनर्नस्थापनालाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले बाह्य सहयोग स्वीकार गर्दा राष्ट्रिय स्वाभिमान र स्थानीय संस्कृतिमा आँच आउन नदिन सचेत गराएका छन् ।

नेपाल भूगोल मात्र नभएर साझा इतिहास, संस्कृति र पहिचानको संगम भएको उल्लेख गर्दै पूर्वराजा शाहले राज्य प्रणालीमा देखिएका कमजोरी सुधारेर सुशासन र निष्पक्षता कायम गर्नुपर्ने बताएका छन् ।

विभाजित नभई एकताबद्ध र परनिर्भर नभई आत्मनिर्भर नेपाल निर्माणको सोच जगाउन बडादसैँले प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।