काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ विजयी भएका नवनिर्वाचित सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच थापाले शपथ लिँदै आफ्नो पदबहाली समेत गरेका हुन् ।
विशेष समारोहका बीच सम्पन्न उक्त कार्यक्रममा उपस्थित हुनका लागि कांग्रेस केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा उपलब्ध पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूलाई औपचारिक निमन्त्रणा पठाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
सभापतिको पदबहालीसँगै नवनिर्वाचित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भने बडादसैँपछि मात्र आयोजना गरिने पार्टीले जनाएको छ । हालै सम्पन्न महाधिवेशनबाट कुल २३१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ ।

