काठमाडौँ । तीनदिने औपचारिक भ्रमण पूरा गरी गृहमन्त्री सुधन गुरुङ भारतबाट स्वदेश फर्किएका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का गृहमन्त्रीस्तरीय पहिलो बैठकमा भाग लिन उनी नयाँदिल्ली पुगेका थिए ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भ्रमणका क्रममा गृहमन्त्री गुरुङले बिमस्टेक बैठकमा महत्त्वपूर्ण सहभागिता जनाएका छन् । गृहमन्त्रीको कार्यभार सम्हालेपछिको यो उनको पहिलो विदेश भ्रमण हो ।
भ्रमणकै अवसरमा असोज २७ गते भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यसूचीसमेत रहेको थियो ।

