Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध ८ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो । चितवनका लागि डेभिड मलानले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७० रनको योगदान दिए । त्यसैगरी कप्तान रवि बोपारा ३२ रन र डान मुस्ले २९ रनमा अविजित रहे भने देव खनाल १२ रनमा स्टम्पिङ आउट भए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले १–१ विकेट हात पारे ।

१५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिन पुग्यो । विराटनगरका लागि इमरान सेखले सर्वाधिक ३९ रन र आन्द्रे रसेलले ३३ रन बनाए । यस्तै लोकेश बमले २६ तथा एन्जेलो म्याथ्युजले १४ रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । विराटनगरलाई सस्तैमा रोक्न चितवनका बलर कमल सिंह ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए भने रिजन ढकालले २ विकेट हासिल गरे ।

एनपीएल अन्तर्गत आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।