काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसे क्षेत्रमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्गको यातायात सेवा दुवै तर्फबाट पूर्ण रूपमा ठप्प बनेको छ ।
सोमबार बिहान ५: ४५ बजेतिर एक्कासि माथिबाट खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध हुन पुगेको हो ।
पहिरो खसेलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमान्डमा ६ जना प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
हाल उक्त टोलीले पहिरो पन्छाएर अवरुद्ध राजमार्ग पुन: सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

