Khaptad Organic Nepal

काठमाडौँ । शीतल निवासमा सोमबार आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि तथा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार अपराह्न काठमाडौँ आइपुग्नुभएका सेनाध्यक्ष सेठलाई परम्परा अनुसार उक्त सम्मान दिइएको हो ।

छिमेकी मुलुक नेपाल र भारतका सेना प्रमुखहरूलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि निरन्तर चल्दै आएको छ । यसै परम्परा अन्तर्गत नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले पनि गत २०२४ डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नुभएको थियो ।

भारतीय सरकारले जनरल सेठलाई गत ३० जुन २०२६ मा आफ्नो देशको ३१ औँ सेना प्रमुखका रूपमा नियुक्त गरेको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।