काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिम पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने पोखरा यसै खेलमार्फत आफ्नो सिजनको सुरुआत गर्दैछ ।

