Khaptad Organic Nepal

काठमाडौँ । भारतले नेपालको विपद्पछिको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गत अगस्ट महिनामा नेपालमा गएको भीषण बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री मोदीले पुनर्निर्माण अभियानमा भारतको पूर्ण साथ रहने उल्लेख गरे । सोही अवसरमा उनले प्रधानमन्त्री शाहको नेतृत्व क्षमताको प्रशंसा गर्दै उनीसँग द्विपक्षीय सम्बन्धलाई अघि बढाउने स्पष्ट खाका रहेको बताए । संयुक्त राष्ट्रसंघको महासभामा शाहले गरेको सम्बोधन स्मरण गर्दै मोदीले छोटो समयको भेटवार्तामै उनको प्रस्ट दृष्टिकोण अनुभूति गरेको धारणा राखे ।

नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, संस्कृति र जनस्तरको गहिरो आत्मीयताले जोडिएको बताउँदै मोदीले नेपालबिना भारतका धार्मिक धाम र भगवान् रामको चर्चा अधुरो रहने टिप्पणी गरे । भगवान् राम र माता सीता दुई देशको साझा सभ्यताका प्रतीक भएको उल्लेख गर्दै उनले जनकपुरधाम र अयोध्याबीच सुरु भएको रेलसेवाले सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । दुई देश छिमेकी मात्र नभई सुख–दुःखका सहयात्री भएको उनको भनाइ थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।