Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसदको संयुक्त बैठकमा आज नयाँ आर्थिक वर्षको आयव्ययको विवरण प्रस्तुत गरिँदैछ ।

प्रत्येक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने नेपालको संवैधानिक बाध्यता अनुरूप सरकारले यसको तयारी पूरा गरेको हो ।

यस विशेष प्रयोजनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो ४ बजे डाकिएको छ । संघीय संसद सचिवालयका अनुसार सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची तय भएको छ ।

यसअघि गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

उक्त बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) रकम विनियोजन गरिएको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।