Khaptad Organic Nepal

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार सातौँ दिन पनि ओरालो लागेको छ ।

आज मङ्गलवार बजार परिसूचक २४ दशमलव ६३ अङ्कले गिरावट आएसँगै २ हजार ६०८ दशमलव ३३ विन्दुमा कायम भएको छ । गत असार ८ गतेदेखि सुरु भएको ओरालो यात्रा निरन्तर रहँदा सात कारोबार दिनमा नेप्से ९३ अङ्कभन्दा बढीले घटिसकेको छ ।

यस दिन बजारका सबै उपसमूहगत सूचकहरू राताम्मे भएका छन् । जसमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र फाइनान्स समूहको सूचकमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट दर्ता भएको छ ।

मङ्गलवार कुल २३५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ३५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । बाँकी ५ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । कम्पनीगत रूपमा हेर्दा टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको छ । यद्यपि, समग्र बजार घट्दा पनि स्नो रिभर्सको शेयर मूल्यमा भने १५ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ ।

परिसूचक घटे पनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार आएको छ । सोमबार २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३६५ वटा कम्पनीका ८७ लाख ३७ हजार कित्ता शेयर ३ अर्ब २५ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।