Khaptad Organic Nepal

म्याग्दी । बेनी-जोमसोम सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका-६ महभिरमा पहिरोले गाडी पुरिँदा एक जना चालकको ज्यान गएको छ ।

बुधबार राति करिब ८ बजेको समयमा माथिबाट खसेको ढुङ्गासहितको लेदोले सडकमा गुडिरहेको नम्बर नखुलेको इभी गाडीलाई पुरेको हो । दुर्घटनामा परी पर्साको वीरगञ्ज महानगरपालिका-२१ का २३ वर्षीय सोहेल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगतै जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र प्रहरीसहितको संयुक्त टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । उद्धार टोलीले पहिरोमा पुरिएको गाडीबाट चालक मियालाई निकालेर तत्काल उपचारका लागि बेनीस्थित प्रदेश अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पहिरोका कारण उक्त सडकखण्ड अहिले पूर्ण रूपमा ठप्प बनेको छ । अवरुद्ध सडक पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको सुरक्षा निकायले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।