Khaptad Organic Nepal

काठमाडौँ । भूकम्पबाट क्षति पुगेको रत्नपार्कस्थित ऐतिहासिक महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तलको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

काठमाडौँ महानगरपालिकाको करिब ८ करोड ९५ लाख रुपैयाँ लागतमा जीर्णोद्धार गरिएको उक्त सत्तलको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभएको छ ।

सम्पदाको दिगो संरक्षणमा सबैको अपनत्व हुनुपर्नेमा जोड दिँदै कार्यवाहक प्रमुख डंगोलले करदाताको रकमबाट निर्मित संरचनालाई व्यावसायिक प्रयोजनमा नलाई धार्मिक तथा सामाजिक कार्यमा मात्र प्रयोग गरिनुपर्ने स्पष्ट पार्नुभयो ।

वि.सं. १९९७ को पुराना तस्बिरहरूलाई आधार बनाएर परम्परागत शैलीमै ५८३.८१ वर्गमिटर क्षेत्रफलमा यो सत्तल खडा गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष, पुरातत्व विभागका महानिर्देशक तथा गुठी संस्थानका प्रतिनिधिहरूले सम्पदाको मौलिकता जोगाउन महानगरले गरेको प्रयासको सराहना गर्नुभयो ।

करिब १ हजार ३०५ वर्ष पुरानो इतिहास बोकेको महाङ्काल मन्दिर काठमाडौँ उपत्यकाका हिन्दू, बौद्ध र मारवाडी समुदायको साझा आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।