Khaptad Organic Nepal

उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका १ पानीट्याङ्कीमा एक टिपर दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

खोक्सा क्षेत्रबाट मिर्चैयातर्फ गुडिरहेको ना १ क ५५4९ नम्बरको टिपर मोड घुम्ने क्रममा अनियन्त्रित भई सडकको छेउमा पल्टिएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर कटारी नगरपालिका २ गुराँसे निवासी ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन् ।

घाइतेमध्ये शेरबहादुर र सुनिताको मिर्चैयामा रहेको मनकामना अस्पतालमा उपचार भइरहेको छ । बाँकी पाँच जना घाइतेको भने मिर्चैयाकै विष्णु क्लिनिकमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ । दुर्घटनापश्चात् कटारी नगरपालिका २ ददरिया बस्ने २३ वर्षीय टिपर चालक राजेश दनुवार फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।