Khaptad Organic Nepal

काठमाडौँ । केन्द्रिय बैंकले वित्तीय बजारबाट ३५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन एक वर्षे अवधिको ऋणपत्र बिक्री खुल्ला गरेको छ ।

नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबार अपरान्ह ३ बजे अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ निष्कासन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार यो ऋणपत्रको परिपक्व हुने अवधि एक वर्षको हुनेछ र यसको सावाँ भुक्तानी २०८४ असार १६ गते गरिनेछ । बोलकबोल प्रक्रियाबाट यसको ब्याजदर तय गरिनेछ भने लगानीकर्ताले प्रत्येक छ महिनामा ब्याज भुक्तानी पाउने व्यवस्था मिलाइएको छ ।

यस ऋणपत्र खरिदका लागि वित्तीय संस्थाहरुले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा ५ करोड रुपैयाँको गुणांकमा बढाउँदै लैजानुपर्ने बैंकले जनाएको छ ।

यो बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । आवेदकहरुले प्रस्ताव गरेको ब्याजदरका आधारमा ऋणपत्रको बाँडफाँट गरिनेछ । यदि वित्तीय संस्थाहरुको ब्याजदर प्रस्ताव समान भएमा समानुपातिक प्रणाली अपनाएर ऋणपत्र प्रदान गरिने नीति तय गरिएको छ ।

प्राप्त बोलपत्रहरु स्वीकार गर्ने वा अस्वीकार गर्ने पूर्ण अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिमा निहित रहनेछ । ऋणपत्र स्वीकृत भएपछि तोकिएको मितिमा सम्बन्धित संस्थाको खाताबाट रकम कट्टा गरिनेछ । यदि खातामा आवश्यक रकम नभएमा जरिवाना लगाइने र आगामी छ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन रोक लगाइने कडा व्यवस्था समेत गरिएको छ ।

यो ऋणपत्रलाई वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वैधानिक तरलता अनुपात कायम गर्नका लागि प्रयोग गर्न पाउनेछन्, तर यसलाई अनिवार्य नगद मौज्दातमा भने गणना गर्न पाइने छैन ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।