Khaptad Organic Nepal

काठमाडौँ । कर्णाली प्रदेशको अवरुद्ध विद्युत सेवालाई तत्काल सुचारु गर्न र मर्मत कार्यलाई गति दिन नेपाल विद्युत प्राधिकरणले सो क्षेत्रमा आफ्नै यान्त्रिक क्रेन पठाउने तयारी गरेको छ ।

राष्ट्रिय प्रसारण लाइनमा आउने समस्याका कारण पटक-पटक बत्ती जाने र क्रेन अभावमा मर्मतमा ढिलाइ हुने जनगुनासो बढेपछि प्राधिकरणले यो कदम चालेको हो ।

हाल खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा मर्मत सम्भार भइरहेको क्रेन प्रक्रिया पूरा हुनासाथ कर्णाली पठाइने प्राधिकरणले जनाएको छ । यसअघि खम्बा वा ट्रान्सफर्मर फेर्न अन्य प्रदेशबाट क्रेन मगाउनुपर्दा हप्तौंसम्म विद्युत आपूर्ति ठप्प हुने गरेको थियो ।

आफ्नै साधन उपलब्ध भएपछि अब छोटो समयमै प्राविधिक समस्या समाधान भई कर्णालीवासीले भरपर्दो विद्युत सेवा पाउने ऊर्जा मन्त्रालयको दाबी छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।