Khaptad Organic Nepal

खोटाङ । खोटाङमा ज्यालाको विषयलाई लिएर भएको विवादमा एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा आफूले काम गरेको रकम माग्न गएका स्थानीय ३८ वर्षीय भक्तबहादुर अधिकारी (ध्रुव) को खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे अधिकारी स्थानीय ५७ वर्षीय तिलबहादुर सार्कीको घरमा पैसा माग्न पुगेका थिए । सोही क्रममा विवाद हुँदा तिलबहादुर लगायतको समूहले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । मुख्य आरोपी तिलबहादुर सार्कीलाई घटना भएकै दिन असार २५ गते पक्राउ गरिएको थियो । अनुसन्धानकै क्रममा प्रहरीले असार २६ गते थप दुई जना ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया सीता सार्कीलाई पनि हिरासतमा लिएको छ ।

पक्राउ परेका तीनै जना विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले उल्लेख गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।