Khaptad Organic Nepal

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा मुद्दा चलाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले उनीविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो माग दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो । पौडेलले व्यवसायी दीपक भट्टसँग मिलेर आफ्नो पद तथा प्रभावको गलत फाइदा उठाएको अभियोगपत्रमा उल्लेख छ ।

श्रीराम टोबाको उद्योग प्रालिको महँगो मूल्यको सेयरलाई कम मूल्यमा दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिको नाममा गराएर पौडेलले आर्थिक लाभ लिएको विभागको ठहर छ । लामो समयको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले यो मामिलालाई अदालतसम्म पुर्‍याएको हो ।

यसअघि यही अनुसन्धानका सिलसिलामा पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो भने सोमबार मात्रै उनको हिरासत अवधि पाँचौँपटक थप गरिएको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।