Khaptad Organic Nepal

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको पाइएको छ ।

वीर अस्पतालले शुक्रबार बिहान पत्रकार सम्मेलन आयोजना गरी उनको पछिल्लो अवस्थाबारे स्पष्ट पारेको हो ।

चिकित्सकहरूका अनुसार नेपालीको शरीरको झन्डै ५५ प्रतिशत भाग जलेको छ । हाल उनलाई वीर अस्पतालको बर्न सेन्टरमा राखिएको छ र मेकानिकल भेन्टिलेटरको सहयोगमा उपचार अघि बढाइएको छ । अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था निकै संवेदनशील रहेकाले जुनसुकै बेला थप जटिलता आउन सक्ने संकेत गरेको छ ।

सरकारले उनलाई थप र विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने योजना बनाएको थियो । तर, उनको स्वास्थ्य स्थिति स्थिर नभएका कारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको छ । नेपालीको रक्तचाप निकै उच्च रहेको र भेन्टिलेटरकै सहारामा भारत लैजाँदा बाटोमा थप जोखिम हुन सक्ने चिकित्सकहरूको भनाइ छ । अवस्थामा केही सुधार नआएसम्म उनलाई अन्यत्र लैजान मिल्ने देखिँदैन ।

अहिले वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ जना स्वास्थ्यकर्मीको विशेष टोली उनको उपचारमा चौबीसै घण्टा खटिएको छ । यस टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ स्टाफहरू संलग्न छन् । बिहीबार दिउँसो राहदानी विभाग अगाडि घटेको उक्त घटनालगत्तै नेपालीलाई दिउँसो ३ बजे वीर अस्पताल पुर्‍याइएको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।