काठमाडौँ । संकटमा परेको शिव शिखर सहकारीका थप ९६ जना बचतकर्ताले आफ्नो रकम फिन्तर पाएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म यस सहकारीका जम्मा १ हजार २ सय १३ जना सदस्यले रकम फिर्ता पाइसकेका छन् । समितिले पहिलो चरणमा कम बचत रकम भएका साना बचतकर्तालाई प्राथमिकता दिएर रकम उपलब्ध गराएको हो ।
आगामी दिनमा बचत रकमको वर्गीकरण गरेर क्रमशः अन्य सदस्यहरूको पनि पैसा फिर्ता गरिने समितिले जनाएको छ । सरकारका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूबाट असुल गरिएको रकम र सम्पत्ति व्यवस्थापनबाट संकलन भएको स्रोत नै पीडितहरूलाई बाँडिएको हो । यो प्रक्रिया प्रचलित कानुनी व्यवस्था अनुसार निरन्तर अघि बढ्ने जानकारी दिइएको छ ।

