Khaptad Organic Nepal

काठमाडौँ । राज्य संयन्त्र र समाजको कमजोरीका कारण नागरिकले चरम निराशा भोग्नुपरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

गणेश नेपालीको आत्मदाहको घटनापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस विषयमा सबै पक्षले गहिरो आत्मसमीक्षा गर्नुपर्ने औंल्याएका हुन् । यो घटनाले राज्य सञ्चालन र नागरिकप्रतिको सामाजिक उत्तरदायित्वमाथि ठूलो प्रश्न उठाएको थापाको भनाइ छ ।

सभापति थापाले यस दुःखद घटनालाई राजनीतिक दाउपेच वा आरोप-प्रत्यारोपको माध्यम बनाउन नहुनेमा जोड दिएका छन् । आफ्ना समस्या र पीडा सुनाउनका लागि एउटा नागरिकले शरीरमा आगो नै सल्काउनुपर्ने स्थिति कसरी आयो भन्नेबारे इमानदार जवाफ खोज्न उनले आग्रह गरे । सरकारी सेवा र नीतिहरूले नागरिकलाई सुरक्षा र भरोसा दिन नसकेकै कारण यस्ता घटना दोहोरिने जोखिम रहने हुनाले राज्यका संयन्त्रहरू बेलैमा संवेदनशील हुनुपर्ने उनले उल्लेख गरे ।

उनले समाज, परिवार र राज्य व्यवस्था नागरिकलाई साथ दिन कहाँ चुक्यो भन्नेबारे कठिन प्रश्नहरू आफैँलाई सोध्नुपर्ने बेला आएको बताए । युवाहरू चरम निराशाको अवस्थामा पुग्नु र राज्यकै सामु आफूलाई असहाय महसुस गर्नु चिन्ताजनक रहेको उनको तर्क छ । आगामी दिनमा कुनै पनि नेपाली नागरिकले निराशाका कारण यस्तो आत्मघाती कदम चाल्न नपर्ने वातावरण तयार पार्नु नै गणेश नेपालीप्रतिको सच्चा श्रद्धाञ्जली हुने थापाले स्पष्ट पारेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।