Khaptad Organic Nepal

काठमाडौँ । नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८ देखि २०३२ सम्मको पाँच वर्षका लागि नयाँ ‘संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा’ (यूएनएसडीसीएफ) तर्जुमा गर्ने कार्य औपचारिक रूपमा अघि बढाएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लीला पिटर्स याहियाको सह-अध्यक्षतामा शुक्रबार सम्पन्न यूएनएसडीसीएफ संयुक्त निर्देशक समितिको वार्षिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हाल सञ्चालनमा रहेको कार्यक्रमको उपलब्धि समीक्षा गर्नुका साथै आगामी १८ महिनाका प्राथमिकता र नयाँ सहकार्य रूपरेखा तयार गर्ने मार्गचित्र पारित गरेको छ ।

नेपालको १६औँ आवधिक योजना र अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिपछिको विकास रणनीतिसँग तालमेल मिलाएर यो रूपरेखा बनाइनेछ । नयाँ रणनीतिमा आउँदो जुलाईभित्र हस्ताक्षर गर्ने तालिका तय गरिएको छ ।

आयोगका उपाध्यक्ष डा. भट्टले नेपालको दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न, एलडीसी स्तरोन्नतिको तयारी, वित्तीय स्रोत व्यवस्थापन र जलवायु परिवर्तनको असर घटाउन राष्ट्रसङ्घले खेलेको भूमिकाको सराहना गरे । उनले देशको समृद्धिका लागि जनसाङ्ख्यिकीय लाभ, तीव्र डिजिटल रूपान्तरण, स्वच्छ ऊर्जा र गैरआवासीय नेपालीको सञ्जाललाई मुख्य आधारका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

समीक्षा बैठकमा राष्ट्रसङ्घसँगको सहकार्यमा जलवायु प्रतिरोधी क्षमता अभिवृद्धि, स्थानीय उत्पादन आधारित विद्यालय दिवा खाजा कार्यक्रम, महिला तथा युवाको उद्यमशीलता प्रवर्द्धन जस्ता क्षेत्रमा राम्रो प्रगति भएको जानकारी दिइयो । साथै, रुबेला उन्मूलन र कालाजार नियन्त्रण जस्ता स्वास्थ्य क्षेत्रका उपलब्धिले मानव पुँजी निर्माणमा टेवा पुर्‍याएको उल्लेख गरियो ।

विश्वभर वैदेशिक विकास सहायता घट्दो क्रममा रहेकाले उपलब्ध स्रोतको प्रभावकारी प्रयोग र नवीन वित्तीय व्यवस्थापनमा राष्ट्रसङ्घले सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । आवासीय संयोजक याहियाले महिला र युवामा लगानी बढाउँदै समावेशी तथा जलवायुमैत्री अर्थतन्त्र निर्माणमा नेपाललाई सहयोग पुर्‍याइने बताए ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।