Khaptad Organic Nepal

चितवन । लगातारको ठूलो वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।

यस खण्डको तुईन खोलामा ठूला ढुंगा खसेका छन् भने सेती दोभान क्षेत्रमा माथिबाट लेदो माटो बगेर आएपछि गाडी चल्न नसकेका हुन् ।

सडकमा थुप्रिएको पहिरो हटाउनका लागि आवश्यक मेसिन तथा उपकरणहरू तयारी अवस्थामा राखिएका छन् । तर, पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाएर बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

बाटो ठप्प भएपछि धेरै यात्रुवाहक बस तथा मालवाहक ट्रकहरू बीच बाटोमै अलपत्र परेका छन् । जोखिम बढ्न सक्ने भएकाले सडक डिभिजनले ती सवारीसाधनलाई सुरक्षित ठाउँमा राख्न र चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन भनेको छ । साथै, पानी परिरहेकाले सडकको अवस्था बुझेर मात्र निस्कन र जरुरी काम नभई यस सडकखण्डमा यात्रा नगर्न कार्यालयले आग्रह गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।