Khaptad Organic Nepal

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको यो नीति राष्ट्र बैंकको २५ औँ मौद्रिक नीति हो । यस पटकदेखि बैंकले मौद्रिक नीतिको आधार र विस्तृत विश्लेषणका लागि समीक्षा प्रतिवेदन र म्याक्रोइकोनोमिक रिपोर्ट छुट्टाछुट्टै प्रतिवेदनका रूपमा सार्वजनिक गर्न थालेको छ ।

नयाँ मौद्रिक नीतिले सरकारको ७.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सघाउन सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ । विश्व भूराजनीतिक तनावका कारण आपूर्तिमा अवरोध भई मुद्रास्फीतिमा चाप परेको भए पनि आगामी आर्थिक वर्षमा यसलाई ५.५ प्रतिशतभित्रै राख्ने प्रक्षेपण बैंकको छ । चालू वर्षको वैशाखमा मुद्रास्फीति ५.०४ प्रतिशत रहे पनि चौथो त्रयमासदेखि यो घट्दै जाने अनुमान गरिएको छ ।

नीतिमा ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर र बैंकदरलाई यथावत् राखिएको छ । त्यस्तै अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातको साविककै व्यवस्थालाई निरन्तरता दिइएको छ । वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने र विदेशी मुद्रा खरिदकै समयमा ‘स्टेरलाइज्ड इन्टरभेन्सन’ गर्ने नयाँ नीतिगत व्यवस्था पनि यसमा समेटिएको छ ।

वित्तीय स्थायित्वतर्फ केही संस्थाहरूमा बढ्दो निष्क्रिय कर्जा र पुँजीकोषमा देखिएको दबाबका कारण सघन अनुगमन गरिने राष्ट्र बैंकले जनाएको छ । यसबाहेक चेक अनादरका कारण कालोसूचीमा पर्ने व्यवस्थामा पुनरावलोकन गर्ने, व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने, रुग्ण उद्योगको निष्क्रिय कर्जा व्यवस्थापन गर्ने र सार्वजनिक सवारीका ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपात सहज बनाउने जस्ता सुधारात्मक कार्यक्रमहरू मौद्रिक नीतिमा समावेश छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।