Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद्का सदस्यहरूले चालू आर्थिक वर्षको आफ्नो र परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।

संसद् सचिवालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण आगामी भदौ २९ गतेभित्र दर्ता गराउन सांसदहरूलाई आग्रह गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी व्यवस्थाअनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र यो विवरण बुझाउनुपर्छ । जसअनुसार सांसदहरूले २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्मको अवधिमा सम्पत्तिको स्रोतसहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सांसदहरूले आफ्नो विवरण सिलबन्दी खाममा राखेर संसद् सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा बुझाउनुपर्नेछ । यसका लागि आवश्यक फाराम सोही शाखा वा संसद्को आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ ।

विवरण बुझाउने खामको बाहिर नाम, लिङ्ग, पद, कार्यालयका साथै प्रतिनिधिसभा सदस्यको हकमा जिल्ला तथा निर्वाचन क्षेत्र र राष्ट्रियसभा सदस्यको हकमा निर्वाचित प्रदेश खुलाउनुपर्नेछ । यसैगरी स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने सचिवालयले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।