काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विदेश बसाइ अन्त्य गर्दै चाँडै नेपाल आइपुग्ने सार्वजनिक घोषणा गरेका छन् ।
हङकङबाट मंगलबार विज्ञप्ति जारी गर्दै देउवाले पछिल्लो समय सरकारले प्रतिपक्षी दलहरूप्रति प्रतिशोधको नीति अपनाएको आरोप लगाएका छन् । उनका अनुसार वर्तमान सत्ता पक्षले लोकतान्त्रिक प्रणाली, संवैधानिक निकाय तथा स्वतन्त्र न्यायपालिकामाथि दबाब बढाउन खोजेको छ । मुलुकलाई यतिबेला राजनीतिक द्वन्द्वभन्दा पनि समझदारी र सहकार्यको खाँचो परेको उनको भनाइ छ । इतिहासको अनुभव, जनआन्दोलनको ऊर्जा र नयाँ पुस्ताको ज्ञानलाई जोडेर राष्ट्रिय संवादमार्फत अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
गत फागुनमा उपचारका लागि श्रीमतीसहित सिंगापुर प्रस्थान गरेका देउवा चैतमा हङकङ पुगेका थिए ।
यद्यपि जारी विज्ञप्तिमा उनले काठमाडौँ अवतरण हुने निश्चित मिति भने खुलाएका छैनन् ।

