काठमाडौँ । नेपाली क्रिकेटप्रेमीहरूका लागि बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले तालिका तय गर्दै यसपटकको प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ (अक्टोबर २६ देखि नोम्बर २१) सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि नै खेलाडीहरूको अक्सन प्रक्रिया सम्पन्न भइसकेकाले अब टोलीहरू विदेशी खेलाडी अनुबन्ध र अन्तिम तयारीमा जुटेका छन् ।

