Khaptad Organic Nepal

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

हाल देशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा साधारणतया बदली भएको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भेगका केही स्थान र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ । कोशी र बागमतीका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका धेरै स्थानमा तथा अन्य प्रदेशका हिमाली भेगका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरैजसो ठाउँ तथा तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान छ ।

साथै, कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।