Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतका विभिन्न पाँचवटा संसदीय समितिहरू आज आ-आफ्नो कार्यसूचीमा छलफल गर्न जुट्दैछन् ।

बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा गठित उपसमितिहरूले तयार पारेका प्रतिवेदनमाथि विस्तृत परामर्श हुने जनाइएको छ ।

त्यस्तै, बिहान १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको छ, जहाँ अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा प्रस्तुत संशोधन प्रस्तावहरूबारे संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ । सोही समयमा बस्ने पूर्वाधार विकास समितिमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनबारे समीक्षा गरिने कार्यसूची छ ।

यसैगरी, बिहान ११ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ, जसमा प्राङ्गारिक तथा जैविक मलको प्रयोग, माटोको अवस्था र दिगो कृषिको सम्भावनाबारे गहन विचार-विमर्श गरिनेछ ।

सोही समयमा महिला तथा सामाजिक मामिला समितिमा राष्ट्रिय दलित आयोगको हालसम्मको प्रगति र कार्यसम्पादनबारे छलफल हुनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।