रोल्पा । लगातारको झरीका कारण रोल्पाको थबाङमा पहिरोले बस्ती पुर्दा दुई जनाले ज्यान गुमाएका छन् ।
थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति करिब ८:४० बजे गएको पहिरोमा परी अन्य दुई जना गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीषण पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित आसपासका करिब ६ वटा घर तथा गोठहरू पुरेको छ । उक्त घटनामा १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी २५ वर्षीय सञ्जय घर्ती मगर र २२ वर्षीय हिमाल पुन मगर गम्भीर घाइते भएका छन् । घटना लगत्तै खटिएका सुरक्षाकर्मी र स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाएका छन् । पहिरोमा थप मानिसहरू पुरिएको हुनसक्ने आशङ्का गरिएकाले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

