काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
बुधबार भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा १५ मत परेको हो ।
कुल ४६ सांसद सहभागी मतविभाजनबाट विश्वासको मत पाएलगत्तै सरकार विस्तारको तयारी थालिएको छ । हाल नेकपा (एमाले)का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् भने अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भागमा परेका तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने योजना बनाइएको छ ।
केन्द्रीय सत्ता गठबन्धनको सहमतिअनुसार साउन २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएका भट्टलाई प्रदेशसभामा नेकपा र एमालेको स्पष्ट बहुमतले समर्थन गरेको छ ।

