काठमाडौँ । कञ्चनपुरको सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
गत बिहीबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेका डडेल्धुरा अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सोही दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ का ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए ।
महाकाली प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल लगिएका महराको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

