Khaptad Organic Nepal

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–४ स्थित गोपीनालामा एक भारतीय कार दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन् ।

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको युपी–४४ एएस–८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमेर सडकबाट करिब पाँच फिट तल खसेको थियो । सडकबाट खसेपछि कार करिब ५० मिटर घिस्रिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर कार चालक भारत सिद्धार्थनगर नगरपालिका–६ का २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख र ३२ वर्षीय सनि कुमार घाइते भएका छन् ।

घाइते सबैलाई तत्कालै उपचारका लागि सिसहनियास्थित राप्ती आधारभूत अस्पताल पठाइएको छ । घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।