Khaptad Organic Nepal

काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडुको उपचारका क्रममा ज्यान गएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान भीमफेदी गाउँपालिका-६ जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी ४९ वर्षीया बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित सैनिक अस्पताल छाउनी ल्याइएको थियो ।

बिहान करिब १० बजे अस्पताल पुर्‍याइएकी उनको उपचारकै क्रममा साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सवारीमा सवार उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडु, उहाँका छोरा रितेन्द्र बडु, दिदी रिता बडु तथा चालक छुनिलाल चौधरीसमेत घाइते भएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।