काठमाडौँ । संघीय संसद अन्तर्गतका दुई महत्वपूर्ण समितिका बैठकहरू मंगलबार एकैसाथ सञ्चालन हुँदैछन् ।
प्रतिनिधिसभा मातहतको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभा मातहतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज एकै समयमा बोलाइएको हो । बिहान ११ बजे निर्धारण गरिएको सार्वजनिक लेखा समितिको छलफलमा २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा नष्ट भएका सरकारी स्रेस्ता तथा कागजातहरूबारे समीक्षा गर्ने मुख्य कार्यसूची तय गरिएको छ ।
त्यस्तै, सोही समयमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मुलुकको डिजिटल अर्थतन्त्रको वर्तमान अवस्था, यसका सम्भावना र भावी दिशाका विषयमा सरोकारवालाहरूसँग विचार-विमर्श गरिने जनाइएको छ ।

