काठमाडौँ । घरेलु बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि दर्ता भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। महासङ्घको विवरणअनुसार बिहीबार चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

