Khaptad Organic Nepal

काठमाडौँ । उपत्यकामा ग्यासको अभाव भइरहेका बेला सर्वसाधारणलाई राहत दिन नेपाल आयल निगमले काठमाडौँका पाँच प्रमुख स्थानबाट ग्यास सिलिन्डर वितरण गर्ने तयारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको सहकार्यमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानमा ग्यास उद्योगीहरूले सोझै बिक्री गर्ने व्यवस्था मिलाइएको हो। निगमका अनुसार सर्वसाधारणले टेकुस्थित निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, कपन/बालुवास्थित राधास्वामी परिसर, वसुन्धराको राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास खरिद गर्न सक्नेछन्।

टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री गरिनेछ। त्यसैगरी चाबहिलमा नेपाल र एचपी ग्यास उपलब्ध हुनेछ भने कपन/बालुवा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास वितरण गरिने निगमले जनाएको छ।

यस्तै वसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास तथा बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास खरिद गर्न सकिनेछ। निगमले उपभोक्तालाई आफूले प्रयोग गर्दै आएको ब्रान्डअनुसार तोकिएको स्थानमा पुगेर सिलिन्डर लिन अनुरोध गरेको छ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।