Khaptad Organic Nepal

काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको बिनासकारी भूकम्पमा परी कम्तीमा १४ जनाले ज्यान गुमाएका छन् ।

भूकम्पका कारण अन्य कैयौँ मानिस घाइते भएको त्यहाँको विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विपद व्यवस्थापन अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । क्षतिग्रस्त संरचना र भवनहरूमा फसेका नागरिकहरूको उद्धारका लागि सुरक्षा निकाय तथा उद्धार टोलीहरू तीव्र रूपमा खटिएका छन् ।

मूल भूकम्पपश्चात् दर्जनौँ परकम्पहरू मापन गरिएका छन्, जसमध्ये ६.१ म्याग्निच्युडको एउटा धक्का निकै शक्तिशाली रहेको थियो । भूकम्पलगत्तै तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइए पनि करिब तीन घण्टापछि उक्त खतरा टरेको भन्दै चेतावनी फिर्ता लिइएको छ ।

इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५ किलोमिटर गहिराइमा मात्रै रहेको थियो । केन्द्रविन्दु कम गहिराइमा रहँदा जमिनको उपल्लो भागमा बढी विनाशकारी प्रभाव पर्ने गर्दछ ।

भूकम्पका कारण माउमेरे बन्दरगाह क्षेत्रमा गम्भीर क्षति पुगेको छ । अन्तरद्वीपीय पानीजहाजको पर्खाइमा यात्रीहरू बसिरहेको टर्मिनल भवनको ठूलो कङ्क्रिटको भाग खसेको दृश्य सार्वजनिक भएको छ । पानीजहाजतर्फ जाने बाटो भत्किँदा केही यात्रुहरू समुद्रमा खसेको र उनीहरूको उद्धार प्रयास भइरहेको बताइएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रमा खोजी कार्यसँगै क्षतिको पूर्ण विवरण सङ्कलन गरिरहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।