Khaptad Organic Nepal

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको उपस्थितिमा नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकमा विषयगत प्राविधिक समितिहरूले सिफारिस गरेअनुसार नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी विभिन्न मस्यौदामाथि छलफल गर्दै तिनलाई स्वीकृति दिने निर्णय गरियो ।

परिषद्ले सवारीसाधनमा प्रयोग हुने ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा मिसाइने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसनका साथै इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यक मापदण्ड पारित गरेको छ । यसका साथै, रबरको कठोरता मापनका लागि निर्धारण गरिएका अन्तर्राष्ट्रिय मापदण्डहरू आइएसओ ४८-१: २०१८ र आइएसओ ४८-२: २०१८ लाई पनि अनुमोदन गरिएको छ ।

त्यस्तै, रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी आइएसओ १८८: २०२३ का साथै रबर र थर्मोप्लास्टिकको कम्प्रेसन सेट तोक्ने आइएसओ ८१५-१: २०१९ र आइएसओ ८१५-२: २०१९ मापदण्डलाई समेत स्वीकृत गरिएको छ ।

उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर सुदृढ बनाउन, प्रयोगशालाको परीक्षण प्रणालीलाई थप प्रभावकारी तुल्याउन र स्वदेशी सामग्रीलाई अन्तर्राष्ट्रिय बजार अनुकूल बनाउन यी स्वीकृत मापदण्डहरूले ठूलो सहयोग पुर्‍याउने विश्वास परिषद्ले लिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।