काठमाडौँ । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्री बालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदी, भारतीय सरकार र त्यहाँका नागरिकप्रति हार्दिक बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको परापूर्वकालदेखिको ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको सामिप्यता र द्विपक्षीय सहकार्यलाई आगामी दिनमा अझ उचाइमा पुर्याउने प्रतिबद्धता प्रकट गरेका छन् ।
भारतले आज भव्य रूपमा आफ्नो ८०औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।

